जोडिनुहोस
  • होमपेज
  • मध्यपहाडमा त युवा नै रहेनछन्, ४० प्रतिशतमात्रै युवा हाम्रो यात्रामा आए ओली

मध्यपहाडमा त युवा नै रहेनछन्, ४० प्रतिशतमात्रै युवा हाम्रो यात्रामा आए ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बसाइसराइका कारण मध्यपहाडका गाउँमा युवाको कमी रहेको बताएका छन् । एमालेले झुलाघाट–चिवाभन्ज्याङ यात्राबारे जानकारी आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यात्रामा केबल ४० प्रतिशतमात्रै युवाहरु आएको भन्दै गाउँमा युवाको कमी रहेको जिकिर गरेका हुन् । उनले भने, ‘मध्यपहाडमा सबैभन्दा ठूलो कुरा बसाइसराइ रहेछ । गाउँमा युवा रहेनछ्न् । ४० प्रतिशत मात्र युवा कार्यक्रममा आए ।’ सम्मेलनमा ओलीले मध्यपहाडमा अझै विकास पुग्न नसकेको पनि बताए । विकास नपुग्नु नै मध्यपहाडका लागि ठूला चुनौती रहेको उनको भनाइ छ । उनले भने, ‘एक हिसाबले हाम्रो यात्रा संस्कृतिक पनि भयो । स्थानीय उत्पादनकै खाना खायौँ । देश सम्पन्न छ । ठूलो चुनौती भनेको विकास नपुगेको रहेछ ।’ उनले मध्यपहाडमा आधुनिकीकरण र व्यावसायीकरणको पनि समस्या रहेको उल्लेख गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका