जोडिनुहोस
  • होमपेज
  • जाजरकोट भूकम्पबाट नेपालमा भएको जनधनको क्षतिबाट भारतीय प्रधानमन्त्री मोदी मर्माहत

जाजरकोट भूकम्पबाट नेपालमा भएको जनधनको क्षतिबाट भारतीय प्रधानमन्त्री मोदी मर्माहत

काठमाडौँ — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पबाट नेपालमा भएको जनधनको क्षतिबाट आफू मर्माहत भएको बताउँदै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जाहेर गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गर्दै सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीले नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न भारत सरकार तत्पर रहेको बताए।

भूकम्पमा परी ज्यान गुमाएका परिवारजनप्रति समवेदना व्यक्त गर्दै प्रधानमन्त्री मोदीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका