जोडिनुहोस
  • होमपेज
  • भूकम्पमा घाइते भएकाको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

भूकम्पमा घाइते भएकाको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले भूकम्पमा घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । भूकम्प प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा निर्णय गर्न आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले भूकम्पमा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

स्वास्थ्यमन्त्री मोहन बस्नेतले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिए । भूकम्पबाट घाइते भएकाहरुको निःशुल्क उपचारका लागि सबै अस्पताललाई भनिसकेको उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयले शनिबार नै घाइतेको सरकारले निःशुल्क उपचार गर्ने जनाएको थियो । सरकारले भूकम्प प्रभावितका लागि प्राप्त हुने विदेशी सहयोग स्वीकार गर्ने निर्णयसमेत गरेको छ ।

२०७२ सालको भूकम्पको बेला काम गर्ने क्रममा भएका कमजोरीहरु सुधार्दै यस पटक त्यस्तो हुन नदिने मन्त्री बस्नेतले जानकारी दिए । २०७२ सालको भुकम्पमा सरकारले वितरण गरेको राहत वितरणमा भ्रष्टचार भएको थियो । जसका कारण पिडितले सरकारले वितरण गरेको पूर्णरुपमा राहत पाउन सकेका थिएनन । यस पटक सरकारले भुकम्प पिडितलाई वितरण गरको राहतका साम्रागीमा भ्रष्ट्रचार गरेको थाहा पाएमा तत्काल कारबाही गरी कानुनी दायरामा ल्याउनुपर्छ

मन्त्रिपरिषदको बैठक सकिएलगत्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक सुरु भएको छ । बैठकमा जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर गएको भूकम्पको राहत, उद्धार र अवस्था सम्बन्धमा छलफल हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका