जोडिनुहोस
  • होमपेज
  • बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

स्वास्थ्य/जीवनशैली

बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

  • Sagarmatha TV
  • शुक्रबार, बैशाख ८, २०८०
बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

ल्पा : बसले स्कुटरलाई ठक्कर दिँदा शुक्रबार एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्कुटरमा सवार बगनासकाली गाउँपालिका-४ का ४३ वर्षीय राजेन्द्र न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।

सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-३ फूलगैरामा दिउँसो साढे एक बजे दुर्घटना भएको थियो। गम्भीर घाइते उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बससँग सोही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटीलाई उछिन्ने क्रममा बसले ठक्कर दिएको थियो।

बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका