जोडिनुहोस
  • होमपेज
  • भूकम्पका घाइते र कुरुवालाई सुर्खेत आउजाउ गर्न निःशुल्क यातायात सेवा

भूकम्पका घाइते र कुरुवालाई सुर्खेत आउजाउ गर्न निःशुल्क यातायात सेवा

सुर्खेतबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा जाने र आउने घाइते तथा कुरुवालाई निःशुल्क यातायात सुविधा उपलब्ध हुने भएको छ । सुर्खेतस्थित संयुक्त यातायात व्यवस्थापन कमिटिको बैठकले यस्तो निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कर्णाली प्रदेश संयोजक रमेशकुमार सापकोटाले जानकारी दिए । उनकाअनुसार जाजरकोट र रुकुमबाट आउने जाने घाइते र साथमा बस्ने कुरुवालाई निशूल्क यातायात सुविधा दिने निर्णय भएको हो ।कमिटिले प्रभावितका लागि ५ लाख बराबरको दैनिक उपभोग्य खाद्यान्न सामग्री समेत सहयोग गर्ने निर्णय भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका