जोडिनुहोस
  • होमपेज
  • एञ्जेलो म्याथुज बने ‘टाइम आउट’ हुने विश्वकै पहिलो ब्याट्सम्यान

एञ्जेलो म्याथुज बने ‘टाइम आउट’ हुने विश्वकै पहिलो ब्याट्सम्यान

श्रीलंकाका एञ्जेलो म्याथुज एक बल पनि फेस नगरी ‘टाइम आउट’ हुने विश्वकै पहिलो क्रिकेटर बनेका छन् । विश्वकप क्रिकेटमा बंगलादेशसँगको खेलमा उनलाई एक बल पनि फेस गर्न नपाउँदै अम्पायरले आउट दिएका हुन् । छैटौं नम्बरमा ब्याटिङमा आएका उनलाई अम्पायरले ‘टाइम आउट’ गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यान आउट भएपछि त्यसको २ मिनेट भित्रमा नयाँ ब्याट्सम्यानले क्रिजमा पुगेर बल फेस गर्नका लागि तयारी अवस्थामा बस्नु पर्छ ।

२४ दशमलव २ ओभरमा सकिब अल हसनको बलमा सदिरा समराविक्रम आउट भएपछि म्याथुज ब्याटिङमा आएका थिए । तर उनले क्रिजमा पुग्न समय लगाए । क्रिजमा पुगेर पनि हेलमेट बाँध्न केहीबेर अलमलिएका उनले नयाँ हेलमेटका लागि ड्रेसिङ रुममा संकेत गरेका थिए ।

त्यतिबेलासम्म २ मिनेट नाघिसकेको थियो । त्यसैले बंगलादेशी कप्तान सकिब उल हसन र बंगलादेश टिमले म्याथुज ‘टाइम आउट’ भएको अपिल गरे । जस अनुसार अम्पायरले म्याथुजलाई १ बल पनि खेल्न नपाउँदै पभेलियन पठाए ।म्याथुज पुरुष तथा महिलाको कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा ‘टाइम आउट’ हुने खेलाडी रहेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको छ । आईसीसी विश्वकप २०२३ को प्लेइङ कन्डिसनमा पनि २ मिनेटमा ब्याटिङका लागि तयार नहुने खेलाडीलाई अम्पायरले ‘टाइम आउट’ गर्ने उल्लेख रहेको आईसीसीले स्पष्ट पारेको छ । टाइम आउट हुने ३६ वर्षका म्याथुज श्रीलंकाका अनुभवी अलराउण्डर हुन् । उनले श्रीलंकाका लागि २२४ वटा ओडीआई र १०६ वटा टेष्ट खेलेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?