जोडिनुहोस
  • होमपेज
  • संसदीय समितिका पदाधिकारी भूकम्पप्रभावित क्षेत्र प्रस्थान

संसदीय समितिका पदाधिकारी भूकम्पप्रभावित क्षेत्र प्रस्थान

काठमाडौं । संसद्को राज्यव्यवस्था समितिका पदाधिकारी भूकम्पप्रभावित क्षेत्र प्रस्थान गरेका छन् ।

राहत वितरणको अवस्थाबारे बुझ्न समितिका ११ सदस्य जाजरकोट र रुकुमपश्चिमका लागि प्रस्थान गरेको सभापति रामहरि खतिवडाले बताए।

उनका अनुसार सबै सदस्य आफ्नै खर्चमा विमानमार्फत् जान लागेका हुन्। टोलीले प्रभावित क्षेत्रमा राज्य संयन्त्रको कामकारबाहीमा पनि प्रभाव नपार्ने उनले बताए । ‘हामी आफ्नै खर्चमा प्लेनमा जाँदैछौँ। खाने बस्ने पनि आफ्नै खर्चमा गर्छौँ’, सभापति खतिवडाले भने, ‘हाम्रो भ्रमणले राज्यसंयन्त्रका कुनै पनि कामकारबाही प्रभावित हुन दिँदैनौँ।’

उनले भूकम्प पीडितको अवस्था र राहत वितरणबारे बुझेर फर्किएपछि समितिको बैठकबाट सरकारलाई आवश्यक निर्देशन दिने बताए। भूकम्प गएको पाँच दिन भइसके पनि पीडितलेराहत नपाएको गुनासो गरेपछि समितिका सदस्य प्रभावित क्षेत्र जान लागेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका