जोडिनुहोस
  • होमपेज
  • बाबर आजमलाई पछि पार्दै शुभमन गिल एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिए

बाबर आजमलाई पछि पार्दै शुभमन गिल एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिए

भारतका ओपनर ब्याटर शुभमन गिल आईसीसीको एकदिवसीय वरीयतामा शीर्ष स्थानमा उक्लिएका छन् । आईसीसीको पछिल्लो वरीयतामा पाकिस्तानका बाबर आजमलाई पछि पार्दै गिल एकदिवसीय क्रिकेटको ब्याटरमा पहिलो नम्बरमा पुगेका हुन् । २ वर्षभन्दा बढी समयपछि बाबरको शीर्ष वरीयता खोसिएको हो । शुभमन गिलले यस वर्ष उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यो वर्ष उनले २६ एकदिवसीय खेलेकोमा ५ शतकसहित १ हजार ४ सय ४९ रन बनाएका छन् । गिल विश्वकपको शुरुवातमा फिट थिएनन् तर उनले ६ खेल खेल्दै २ सय १९ रन बनाएका छन् ।

एकदिवसीयतर्फ ब्याटरको शीर्ष वरीयतामा स्थान बनाउने गिल चौथो भारतीय खेलाडी हुन् । यसअघि सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी र विराट कोहली शीर्ष वरीयतामा पुगेका थिए । एकदिवसीय ब्याटरको वरीयतामा तेस्रो स्थानमा दक्षिण अफ्रिकाका क्विन्टन डी कक, चौथो स्थानमा भारतका विराट कोहली, पाँचौँ स्थानमा अस्ट्रेलियाका डेभिड वार्नर, छैटौँ स्थानमा भारतका कप्तान रोहित शर्मा, सातौँ स्थानमा दक्षिण अफ्रिकाका रसी भान डेर डुसेन, आठौँ स्थानमा आयरल्यान्डका ह्यारी टेक्टर, नवौँ स्थानमा दक्षिण अफ्रिकाका हेनरिच क्लासेन र दशौँ स्थानमा इङ्ग्ल्यान्डका डेविड मलन छन् ।

यस्तै एकदिवसीय बलरको वरीयतामा भारतकै मोहम्मद सिराज शीर्ष स्थानमा पुगेका छन् । बलरको वरीयताको दोस्रो स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज, तेस्रो स्थानमा अस्ट्रेलियाका एडम जम्पा, चौथो स्थानमा भारतका कुलदीप यादव, पाँचौँ स्थानमा पाकिस्तानका शाहीन अफरिदी, छैटौँ स्थानमा अस्ट्रेलियाका जोश हेजलवूड, सातौँ स्थानमा अफगानिस्तानका राशिद खान, आठौँ स्थानमा भारतका जसप्रीत बुमराह, नवौँ स्थानमा न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र दशौँ स्थानमा भारतका मोहम्मद शमी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका