जोडिनुहोस
  • होमपेज
  • गुणस्तरहीन खाद्य सामग्री बिक्री गर्नेलाई तुरन्त कारबाही गरौंः विश्लेषक रायमाझी

गुणस्तरहीन खाद्य सामग्री बिक्री गर्नेलाई तुरन्त कारबाही गरौंः विश्लेषक रायमाझी

प्रकाश रायमाझी । हाम्रो मौलिक राष्ट्रिय चाडपर्वहरु दशैं तिहार छठ पर्वमा विशेषगरी खाद्यान्नलगायत मिठाई हरुमा गुणस्तरहीन अखाद्य पदार्थहरु मिसावट गरेर चर्को मूल्यमा बजारमा बिक्री भइरहँदा पनि स्थानीय प्रशासन र गुणस्तर जाँच गर्ने निकायहरू आफ्नो खल्ती भर्न व्यस्त देखिन्छन्।

जनस्वास्थ्यसंग प्रत्यक्ष असर पर्ने यस्ता मिठाई बनाउने ठाउँ र खाद्यान्नको भण्डारण गर्ने स्थानमाहरूमा छापा मारेर कालाबजारीहरुलाई कडा कारबाही गर्न सम्वन्धित निकायको किन ध्यान जाँदैन ?

आम उपभोक्ताहरु यसरी प्रत्यक्ष प्रभावित हुँदा पनि स्थायी सरकार भनिने निकम्मा प्रशासन भ्रष्ट कर्मचारीहरू राज्य दोहनमा मात्र उद्धत देखिन्छ। नाम चलेका मिठाई पसलहरुबाट गुणस्तरहीन सडेगलेका मिठाईहरु खुलेआम बिक्री भइरहेको छ तर प्रशासन कानमा तेल हालेर सुतेको छ ।

तसर्थ अखाद्य तथा गुणस्तरहीन खाद्य सामग्री बिक्री गर्नेहरु उपर अभिलम्ब कडा कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकृष्ट गर्दै पुजा सामाग्रीहरू समेतमा हानिकारक रंग मिसाएको प्रष्ट हुँदाहुँदै पनि किन कारबाई गरिँदैन ? तसर्थ सम्बन्धित निकायले कडा कारवाही गरोस् भन्ने आह्वान गर्दछु ।

अन्यथा भ्रष्टाचारविरुद्धको अभियानका साथीहरुबाटै अनुगमन तथा निरिक्षण गर्न बाध्य हुनेछौं । लेखक रायमाझी राजनीतिक विश्लेषक हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका