जोडिनुहोस
  • होमपेज
  • तिब्बतका बौद्ध भिक्षुलाई चिनियाँ अधिकारीहरूले हिरासतमा लिएको पुष्टि

तिब्बतका बौद्ध भिक्षुलाई चिनियाँ अधिकारीहरूले हिरासतमा लिएको पुष्टि

तिब्बत— चिनियाँ अधिकारीहरूले गान्सु प्रान्तको ताशी गुम्बाबाट एक तिब्बती बौद्ध भिक्षुलाई सुदूरपश्चिमी क्षेत्र बाहिरका मानिसहरूसँग सम्पर्क गरेको आरोपमा पक्राउ गरी हिरासतमा राखिएको छ ।

कुन्चोक डाकपालाई अक्टोबरको अन्तिम साता थेउ काउन्टीको गुम्बाबाट लगिएको स्रोतले जनाएको छ ।

‘कुन्चोक डाकपा विगतमा भारत गएर धर्मशालाको कीर्ति गुम्बामा पढेका थिए,’ तिब्बत भित्रका एक तिब्बतीले भने ।

भारतको धर्मशालामा रहेको कीर्ति मठ तिब्बती आध्यात्मिक नेता दलाई लामा र निर्वासनमा रहेका तिब्बती सरकारको बासस्थान हो ।

‘‘चिनियाँ अधिकारीहरूले उनलाई विगतमा पटक–पटक बोलाएर सोधपुछ गरे पनि यसपटक उनलाई पक्राउ गरी हिरासतमा राखिएको छ,’ उनले भने ।

डक्पाको गिरफ्तारी तिब्बत स्वायत्त क्षेत्र र नजिकैका चिनियाँ प्रान्तहरूको तिब्बती क्षेत्रहरूमा चिनियाँ अधिकारीहरूले धर्म, अभिव्यक्ति, आन्दोलन र भेलाको स्वतन्त्रतामा जारी प्रतिबन्धहरूको बीचमा आएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका