जोडिनुहोस
  • होमपेज
  • भारतबाट चौथो चरणको भूकम्प राहत सामग्री आइपुग्यो

भारतबाट चौथो चरणको भूकम्प राहत सामग्री आइपुग्यो

काठमाडौँ — भारतबाट अत्यावश्यक चिकित्सा सामग्रीसहितको चौथोचरणको भूकम्प राहत सामग्री नेपाल आइपुगेको छ । यी राहत सामग्री भारतीय दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गर्‍यो ।

नेपाल चिकित्सक संघको माग अनुरुप भारतले यी राहत सामग्री उपलब्ध गराएको दूतावासले जनाएको छ । यी राहत सामग्रीमा अत्यावश्यक औषधि र उपकरण समावेश छन् । जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन राहत सामग्री उपलब्ध गराइसकेको छ ।

छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको दूतावासले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका