जोडिनुहोस
  • होमपेज
  • कृषि विकास बैंकले सार्वजनिक गर्यो ब्याजदर

कृषि विकास बैंकले सार्वजनिक गर्यो ब्याजदर

काठमाडौं। कृषि विकास बैंकले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिर १ गतेदेखि लागु हुनेगरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले मंसिरमा व्यक्तिगतर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.५१२ प्रतिशत कायम गरेको छ। कात्तिक महिनामा व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ९,९७६१९ प्रतिशत ब्याज दिएको थियो । कात्तिकको तुलनामा मंसिरमा बैंकले मुद्दति निक्षेप ब्याज घटाएको हो ।

मंसिरमा व्यक्तिगततर्फ १ महिनादेखि ५ वर्षसम्मको मुद्दति निक्षेपको ब्याजददर ९.५१२ प्रतिशत तोकिएको छ । बैंकले संस्थागततर्फको मुद्दति निक्षेपको भने ६ महिनादेखि ५ वर्षसम्म अवधिको ब्याजददर पनि घटाएर ७.५१२ प्रतिशत बनाएको छ । कात्तिकमा संस्थागतर्फको मुद्दति निक्षेपको ६ महिनादेखि ५ वर्षसम्म अवधिको ब्याजदर ७.७६१९ प्रतिशत थियो। साथै, बैंकले निक्षेपको ब्याजदर घटाएर २.५ प्रतिशतमा सिमित गरेको छ भने बचतको ब्याजदर पनि घटाएर अधिकतम ८ प्रतिशत कायम गरेको छ । कात्तिकमा बैंकले कल निक्षेपमा २.६२५ प्रतिशत र बचतमा अधिकतम ८.२५ प्रतिशत ब्याजदर दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका