जोडिनुहोस
  • होमपेज
  • रूपन्देहीमा बस दुर्घटना, २० जना घाइते

रूपन्देहीमा बस दुर्घटना, २० जना घाइते

बुटवल– रूपन्देहीको देवदहमा बस दुर्घटना भएको छ । काठमाडौँबाट दाङ जाँदै गरेको बा प्र ०३–००१ नम्बरको यात्रुबाहक बस गएराति देवदह नगरपालिका– ८ भलुहीमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

घाइतेको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार उक्त बसमा ३८ जना यात्रु सवार रहेका थिए । बस सडकबाट करिब ५ मिटर तल पल्टिएको थियो । बस चालक प्यूठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका