जोडिनुहोस
  • होमपेज
  • भारत र श्रीलंका बीचको संयुक्त सैन्य अभ्यास सुरु

भारत र श्रीलंका बीचको संयुक्त सैन्य अभ्यास सुरु

पुणे— भारत र श्रीलंका बीचको संयुक्त सैन्य अभ्यासको नवौं संस्करण, मित्र शक्ति २०२३ पुणे औंधमा सुरु भएको छ ।

यो अभ्यास नोभेम्बर १६ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।

सयुक्त अभ्यासमा भारतका तर्फबाट १२० मराठा लाइट इन्फन्ट्री रेजिमेन्टका सेनाहरूले प्रतिनिधित्व गरेका थिए।

श्रीलंकाको तर्फबाट ५३ इन्फन्ट्री डिभिजनका कर्मचारीले प्रतिनिधित्व गरिरहेका छन् । यस अभ्यासमा भारतीय वायुसेनाका १५ जना र श्रीलंकाको वायुसेनाका पाँच जना कर्मचारी पनि सहभागी रहेको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका