जोडिनुहोस
  • होमपेज
  • टिकटक बन्द गर्ने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट निवेदन

टिकटक बन्द गर्ने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट निवेदन

काठमाडौं । टिकटक बन्द गर्ने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् ।

त्रिपाठीले नेपालमा टिकटक प्रतिबन्धित गर्ने सरकारको निर्णय बदर गरी पाउँ भनी सर्वोच्चमा दर्ताका लागि रिट निवेदन पेस गरेको जानकारी दिए । एक साताअघिको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । जसको अहिले चौतर्फी विरोध हुँदै आएको छ ।

सरकारले कानुन नै नल्याई टिकटक बन्द गर्ने निर्णय गरेकाले अदालतले बदर गर्ने सम्भावना रहेको बताइन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका