जोडिनुहोस
  • होमपेज
  • लप्सीफेदीमा सुरक्षाकर्मीमाथि आक्रमण डीएसपीसहित ३ जना घाइते

लप्सीफेदीमा सुरक्षाकर्मीमाथि आक्रमण डीएसपीसहित ३ जना घाइते

काठमाडौंको शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा सबस्टेसन निर्माण र सुरक्षा पोष्ट स्थापना गर्न खोज्दा सुरक्षाकर्मी सशस्त्र र नेपाल प्रहरी माथि स्थानीयले आक्रमण गरेका छन् ।

स्थानीयले ढुंगामुढा गर्दा डीएसपी देवराज राईसहित तीनजना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले स्थानीय जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा, हर्कमान वाइवासहित चार जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका ३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ४०० र २२० र १३२ र ११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट प्रहरी नायव उपरीक्षक डीएसपीको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा शुक्रबार बेसक्याम्प स्थापना गर्न जाँदा स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरुलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेका थिए ।

त्यसक्रममा डिएसपी देवराज राईसहितका सुरक्षाकर्मी घाइते भएका हुन् । झडपका कारण बेलुकासम्मै लप्सीफेदी क्षेत्र तनावग्रस्त भएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरीका दुई जना र नेपाल प्रहरीका एक जना गरी तीन जना सुरक्षाकर्मी घाइते भएको जानकारी दिए ।

सुरक्षाकर्मीमाथि आक्रमणमा संलग्न स्थानीय चार जना पक्राउ परेको जानकारी पनि उनले दिए । १७४ रोपनी जग्गा अधिग्रहण, स्थानीयले बुझिसकेका छन् मुआब्जा लप्सीफेदीमा सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने ५० जना जग्गाधनीहरुको करिब १७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । जग्गाधनीहरुले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन् ।

जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । मुआब्जा तथा क्षतिपूर्ति बापत करिब ५० करोड रुपैयाँ वितरण गरिएको नेपाल विद्युत प्राधिकरणको रेकर्ड छ । तर, राष्ट्रिय सिमान्तीकरण विरुद्ध अभियान (समान, नेपाल० नाममा सबस्टेसन निर्माणमा अवरोध भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीयका जायज मागलाई पूरा गरिएको तर केही गैरसरकारी संस्था र असम्बन्धित व्यक्तिहरुको उक्साहटका कारण सबस्टेसन निर्माणमा अवरोध भइरहेको बताए । सबस्टेसन निर्माणमा त्यहाँका स्थानीयले भने सहयोग गरिरहेको घिसिङले बताए । उनले लप्सीफेदीसम्म विद्युत् ल्याउन प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको र यदि सबस्टेसन निर्माण गर्न नसकिएमा उक्त विद्युत् प्रवाह गर्न नसकी काठमाडौं उपत्यकामा लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै आएका छन् ।

शंखरापुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर तामाङले बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग सुनुवाइ नहुँदा स्थानीय रुष्ट भएको बताए । ‘हिजो बेलुका कार्यालयहरु बन्द भइसकेपछि प्रहरीहरु आउनु भएको थियो । त्यही बेला तनाव भयो,’ वडाअध्यक्ष तामाङले भने ।

सवस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ । नयाँ खिम्ती(बाह्रबिसे(लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । लप्सीफेदी सवस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् । चाँगुनारायण १३२ केभी। सवस्टेसन सम्पन्न हुने चरणमा छ ।

प्राधिकरणले सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेको र उपलब्ध विकल्पहरुमध्ये हाल छनोट गरिएको स्थान नै सबैभन्दा उत्तम रहेकाले सवस्टेसन अन्यत्र सार्न नसकिने बताउँदै आएको छ ।

नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंक ९एडिबी० को ‘विद्युत प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋण सवस्टेसनहरु तथा प्रसारण लाइन निर्माण भइरहेको छ ।
नयाँ खिम्ती काठमाडौं ४०० केभी तथा लप्सीफेदी चाँगुनारायण १३२ केभी प्रसारण लाइन र

चार वटा सवस्टेसनहरु गरी अनुमानित लागत करिव १८ अर्व रुपैयाँ रहेको छ ।

लप्सीफेदी र चाँगुनारायण सवस्टेसन निर्माणका लागि पहिलो ठेक्का सम्झौता २८ मंसिर २०७४  १४ डिसेम्बर २०१७० मा भएको थियो । ठेकेदारले लप्सीफेदी सवस्टेसन निर्माणका लागि एक वर्ष काम गरेको थियो । तर, ठेकेदारको काम सन्तोषजनक नभएपछि ठेक्का तोडी ४ मंसिर २०७७ ९१९ नोभेम्बर २०२०० नयाँ ठेक्का लगाइएको थियो ।

पहिलो ठेकेदारले काम गर्दा लप्सीफेदीमा कुनै विरोध भएको थिएन । तर, दोस्रो ठेकेदार काम गर्न गएपछि काममा अवरोध भइरहेको छ । अवरोधका कारण हालसम्म सवस्टेसन निर्माणस्थलमा कुनै पनि कार्य प्रगति हुन सकेको छैन ।

प्रजिअ भन्छन् काम अघि बढ्छ

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले नेपाल सरकारले उपलब्ध गराएको जग्गामा सबै प्रक्रिया पूरा गरेर नेपाल विद्युत प्राधिकरणले काम अघि बढाउन खोज्दा अवरोध भएको भन्दै सधैं यही अवस्था नरहने बताए ।

सबस्टेसन निर्माण र सुरक्षा पोष्ट स्थापनाको काम नरोकिने भन्दै उनले प्रसारण लाइन लगायतका अन्य विषयमा भने स्थानीयसँग छलफल गरेर अघि बढ्ने बताए ।

‘एउटै विधि, प्रक्रिया र नियम कानुन अनुसार अन्य ठाउँमा नेपाल विद्युत प्राधिकरणका काम धमाधम भइरहने तर लप्सीफेदीमा मात्र काम नहुने भन्ने हुँदैन, हामी स्थानीयसँग छलफल गर्दै काम अघि बढाउछौं,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका