जोडिनुहोस
  • होमपेज
  • चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको ज्यान गयो

चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको ज्यान गयो

चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको ज्यान गएको छ । जाजरकोटको छेडागाड नगरपालिका–१३ थानवाडा निवासी एक महिलाको चिसोका कारण ज्यान गएको हो । ज्यान गुमाउने महिला मनसरी कामी १७ गतेदेखि पालमुनि बस्दै आउनु भएको थियो । चिसो बढेसँगै बिरामी पर्नु भएकी उहँको आज बिहान ज्यान गएको छिमेकी जनक बहादुर खत्रीले जानकारी दिनुभयो ।

जाजरकोटका वारेकोट, कुशे र छेडागाड, भेरीका ५३ जनाभन्दा बढी चिसोका कारण बिरामी परेको सम्बन्धित पालिकाका स्वास्थ्य संस्थाहरुको तथ्याँक छ । यो सँगै चिसोका कारण ज्यान गुमाउनेको संख्या छ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका