जोडिनुहोस
  • होमपेज
  • जलवायु परिवर्तनले नेपाल उच्च जोखिममा : प्रधानमन्त्री

जलवायु परिवर्तनले नेपाल उच्च जोखिममा : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको बताएका छन् ।

वन तथा वातावरण मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले उच्च तापक्रम वृद्धिले गर्दा हिमालका दुई तिहाइ हिमभण्डार पग्लिने अध्ययनहरुले देखाएको बताए ।

उनले परिवर्तित जलवायुले मनसुन वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक परिवर्तन, तापक्रम वृद्धि तथा वर्षामा आएको फेरबदल, प्रकोप र विपद्का वृद्धि र अतिशय घटनाका कारण बहुपक्षीय चुनौतीको सामना गर्नुपरिरहेको बताए ।

प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असर विशेष गरी हिमाली क्षेत्रमा हिमताल पग्लिने र विस्फोट हुने, पहाडी क्षेत्रमा पहिरो र सुख्खा खडेरी तथा तराई मधेसमा बाढी पहिरोको रूपमा देखिन थालेको बताए । उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पग्लने, पहाडमा सुख्खा पहिरो र तराईमा बाढी आइरहेको उल्लेख गरे।

उनले हिमाल, पहाड, र तराई मधेशमा बसोबास गर्ने गरिब, साना किसान, सीमान्तकृत आदिवासी, जनजाति, महिला, बालबालिका, अशक्त, तथा ज्येष्ठ नागरिकहरु जलवायु परिवर्तनको असरबाट बढी प्रभावित भएको बताए ।

प्रधानमन्त्री दाहालले नेपाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्र भएकोले पक्षधर राष्ट्रहरूका वार्ता प्रक्रियाहरूमा भाग लिँदै बताउँदै विभिन्न मञ्चहरूमार्फत जलवायु परिवर्तनका चुनौती र अवसरहरूको बारेमा विश्व समुदायसँग निरन्तर संवाद गरिरहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका