जोडिनुहोस
  • होमपेज
  • हामीलाई जिस्काउने हो भने काठमाडौंका मान्छेले भात खान पाउँदैनन्  दुर्गा प्रसाईँ

हामीलाई जिस्काउने हो भने काठमाडौंका मान्छेले भात खान पाउँदैनन्  दुर्गा प्रसाईँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफूहरुलाई जिस्काएमा काठमाडौंमा मानिसले भात खान नपाउने गरी नाका ठप्प पारिदिने चेतावनी दिएका छन् । ‘हामीलाई जिस्काउने हो भने काठमाडौंका मान्छेले भात खान पाउँदैनन्,’ भक्तपुरस्थित आफ्नै घरमा पत्रकार सम्मलेन गर्दै बुधबार प्रसाईले भने, ‘ हामीलाई काठमाडौं छिर्न दिएनन् भने काठमाडौंका सबै नाका ठप्प पार्छौं ।’

मंसिर ७ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने घोषणा गरेका प्रसाईले त्यसको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गरेका हुन् । आफ्ना समर्थकहरुको हुटिङ र होहल्लाका वीच प्रसाईले भने,‘भोलिदेखि विद्रोहको विरुवा रोपिन्छ । साम्यवाद कस्तो हुन्छ भन्ने म देखाइदिन्छु ।’

मेडिकल व्यवसायी प्रसाईंले एक्लो मानिससँग राज्य हल्लिएको भन्दै गणतन्त्रमा बोल्ने अधिकार सबैको भएको बताए । पृथ्वीनारायण शाहले बनाएको जग भत्काएकाले गणतन्त्र हल्लिएको भन्दै अब यो व्यवस्था अन्त्य नभएसम्म घर नफर्किने उदघोष गरे । कि जेल जाने कि मर्ने कसम खाएर आफू काठमाडौँ आएको प्रसाईंको भनाइ छ ।

काठमाडौंको कार्यक्रममा सहभागी हुन आएका महिला महिला बसेको ठाउँमा युवासंघका कार्यकर्ताले हातपात गर्न खोजेको उनले आरोप लगाए । उनले महिलामाथि अत्याचार गर्दासमेत महिला अधिकारकर्मी र राज्यप्रसाशन मौन भएकोमा आपत्ति समेत जनाए ।

ओली र बस्नेतलाई चेतावनी दिँदै उनले मित्रवत् व्यवहार गर्दा राम्रो हुने तर दुस्मनी गर्दा ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । विहीबार राजधानीमा कार्यक्रमको घोषणा गरेका प्रसाईले पत्रकार सम्मलेनमा कार्यक्रमको स्थानबकारे भने स्पष्ट बताउन सकेनन् । उनले भने,‘बल्खुमा पनि हुन सक्छ, झापामा पनि हुन सक्छ । यसको सेड्युल आउँछ ।’

यसअघि प्रसाईले रत्नपार्कमा कार्यक्रम हुने बताएका थिए । तर, महेश बस्नेत नेतृत्वको युवा संघले तीनकुनेमा कार्यक्रम गर्ने भएपछि बल्खुमा कार्यक्रम हुन सक्ने उनले बताएका हुन् ।

गणतन्त्रको विरोधमा राजतन्त्र फर्काउने वकालत गर्दै आएका प्रसाईले बैंक र वित्तीय संस्थाको विरोधलाई आफ्नो रणनीति बनाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका