जोडिनुहोस
  • होमपेज
  • विराटनगर जुट मिलमा आगलागी,आगलागीबाट २० लाख बराबरको क्षति

विराटनगर जुट मिलमा आगलागी,आगलागीबाट २० लाख बराबरको क्षति

काठमाडौं । नेपालको पहिलो उद्योग विराटनगर महानगरपालिका–१६ मा रहेको विराटनगर जुट मिल्समा आगलागी भएको छ । जुट मिलमा आगलागी हुँदा आगलागीबाट २० लाख बराबरको क्षति भएको मोरङका प्रहरी नायव उपरीक्षक ९डीएसपी० रञ्जनकुमार दाहालले जानकारी दिए । उक्त उद्योगमा मंगलबार राती आगलागी भएको थियाृे ।नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विराटनगर महानगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बन्द उद्योगमा आगलागी हुुनुको कारण भने अहिलेसम्म पत्ता लागेको छैन् । कसैले उक्त उद्योगमा आगो लगाएको हो की भन्ने आसंका प्रहरीले गरेको छ । यस विषयमा थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । बन्द अवस्थाको जुट मिलको ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी सुरु भएको थियो । जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने डिपार्टबाट आगलागी सुरु भएको र बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ जलेको प्रहरीले जनाएको छ । मिलका दुई वटा पुराना मेसिनमा पनि क्षति पुगेको छ ।

विक्रम संवत् १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल नेपालको पहिलो उद्योग हो । विराटनगर जुट मिल्स २०७८ साल माघदेखि बन्द भएको थियो । पछिल्लो समय सरकारले बन्द रहेका उद्योग सुरु गर्न चासो देखाएपछि भारतीय व्यापारिक समूह बिड्ला ग्रुपले मिलको वस्तुस्थिति अवलोकन गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका