जोडिनुहोस
  • होमपेज
  • भोलिको सुरक्षा प्रभावकारी बनाउन मानवअधिकार आयोगको आग्रह

भोलिको सुरक्षा प्रभावकारी बनाउन मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले भोलि काठमाडौँमा तय भएको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन र शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

भोलि मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको आह्वानमा काठमाडौंमा छुट्टाछुट्टै प्रदर्शन हुने भएपछि आयोगले यस्तो आग्रह गरेको हो ।

प्रदर्शनको क्रममा हिंसात्मक गतिविधि हुन सक्ने भन्दै आयोगले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक सूचना र सामाचारप्रति राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको जनाएको छ । आयोगले मानव अधिकारको दृटिकोणबाट प्रदर्शनको अनुगमन गर्ने पनि स्पष्ट गरेको छ ।

लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाइने संवैधानिक अधिकार भएपनि प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु र संयमता अपनाउनु प्रदर्शनकारीहरुकै प्राथमिक दायित्व हुने पनि आयोगले स्मरण गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका