जोडिनुहोस
  • होमपेज
  • उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत

उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गरेको छ।

आज (बिहिबार) बसेको मन्त्रिपरिषद्को बैठकले उपरथी पाण्डेले व्यक्तिगत समस्या देखाई दिइएको राजीनामा स्वीकृत गरेको सुचना तथा सञ्चारमन्त्री एवं सरकारकका प्रवक्ता रेखा शर्माले बताइन्।

उमेर विवादमा मुछिएपछि उपरथी पाण्डेले गत कात्तिक २४ गते राजीनामा दिएका थिए। व्यक्तिगत कारण देखाएर बुझाएको राजीनामालाई कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत गरिएको मन्त्री शर्माले बताइन्।

सरकारले अवैध सुन तस्करी नियन्त्रणका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगमा चार जना सदस्य थप गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित चार सदस्यीय छानबिन आयोगमा थप चार सदस्य थप्ने निर्णय गरेको हो ।

आयोगको मागबमोजिम चार जना प्राविधिक जनशक्तिसहितको सदस्य थपिएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका