जोडिनुहोस
  • होमपेज
  • वर्तमान सरकारप्रति ओलीको असन्तुष्टि

वर्तमान सरकारप्रति ओलीको असन्तुष्टि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारप्रति सन्तुष्टि नरहेको बताएका छन् ।शुक्रबार बिराटनगरमा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले प्रचण्ड सरकारले गरेका नकरात्मक कुराका बारेमा कांग्रेसले मुख नखोलेको बताउँदै वर्तमान सरकार रहनुको कुनै औचित्य नभएको समेत उल्लेख गरे । नेपाली कांग्रेसले सरकार परिवर्तन गर्ने विषयमा कुनै विकल्प नलिएको बताउँदै उनले सरकार परिवर्तनको विकल्प नदेखिएको उल्लेख गरे । एमाले अध्यक्ष ओलीले वर्तमान सरकारले अपराधिलाई संरक्षण गरेर राखेको बताउँदै यस्तो सरकार हुनु नेपालका लागि दुर्भाग्य भएको बताए ।

सरकारले गरेका कामप्रति असन्तुष्टि बनेपनि अहिले नेकपा एमाले पनि सरकार परिवर्तनको विषयलाई लिएर अगाडी नबढ्ने ओलीको भनाइ थियो । सरकार हटाउने विषयमा अहिले कुनै विकल्प नभएका कारण नेकपा एमाले चुपचाप बसेको ओलीले बताए । यस्तै प्रदेश अधिवेशनका क्रममा आफूले कसैलाई भोट दिन नभनेको तर कार्यकर्ताले नै अस्वीकृति गरेको ओलीको दावी छ । कसैलाई भोट दिनु भनेर आँफूले नभनेको उनले बताए । स्वस्थ प्रतिस्पर्धाले मात्र असल नेतृत्व चयन गर्न सक्ने उनको दावी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका