जोडिनुहोस
  • होमपेज
  • होटल बनाउन दिने प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

होटल बनाउन दिने प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मासहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेकामा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय सौराहाका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठक, खैरहनी नगरपालिकाका इन्जिनियर राजेश कोइराला र सवइन्जिनियर सुमन श्रेष्ठ, कुमरोज मध्यवर्ति सामुदायिक वन उपभोक्ता समूह र कंक्रिट मचान निर्माण उपभोक्ता समितिका अध्यक्ष हिराबहादुर गुरुङ छन् ।

त्यस्तै, कोषाध्यक्ष शम्भु जिसी, वन उपभोक्ता समूहका अध्यक्ष गणेशकुमार श्रेष्ठ र कोषाध्यक्ष उज्वल बर्तौला, बुढी राप्ति उपभोक्ता समितिका अध्यक्ष नारायण दत्त तिमिल्सिना र कोषाध्यक्ष सोमराज कडरिया र कंक्रिट मचान निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष कुमार दाहाल र सचिव कल्याण लटौला रहेका छन् ।

अख्तियारले दायर गरेको मुद्दामा उनीहरूसँग ७८ हजार रुपैयाँ देखि एक करोड १९ लाख पाँच हजार ६०३ रुपैयाँसम्म बिगो दाबी गरिएको छ । कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको लजसहितको भ्यू टावरको निर्माण गर्न सहमति दिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका