जोडिनुहोस
  • होमपेज
  • लमजुङमा कौडा खेल्दै गरेका ११ जना पक्राउ

लमजुङमा कौडा खेल्दै गरेका ११ जना पक्राउ

लमजुङ– लमजुङको सुन्दरबजारमा कौडा खेल्दै गरेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरबजार नगरपालिका ६ खत्रीठाँटी स्थित सुवास श्रेष्ठको घरमा बिहीबार राति हारजितको बाजी राखेर कौडा खेलिरहेका ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घरधनी पक्राउ पर्नेमा एक जना बेसीशहर नगरपालिकसको र अन्य सबै सुन्दरबजार नगरपालिका भित्रका छन् ।

उनीहरूको साथबाट १६ गोटी कौडा साथै नगद १ लाख २४ हजार २ सय ९५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका