जोडिनुहोस
  • होमपेज
  • इन्डोनेशियाको राष्ट्रपतिमा सुबिआन्तो विजयी

इन्डोनेशियाको राष्ट्रपतिमा सुबिआन्तो विजयी

इन्डोनेशियामा अघिल्लो महिना भएको राष्ट्रपति निर्वाचनमा रक्षामन्त्री प्रबोवो सुबिआन्तो विजयी भएका छन् । सेनामा रहेका बेला मानवअधिकार उल्लंघनको आरोप लागेका ७२ वर्षीय सुबिआन्तोले ५८.५९ प्रतिशत मत पाएका हुन् । प्रतिद्वन्द्वी अनिस बसवेडनले २५ प्रतिशत र गन्जर प्रणोवोले १६ प्रशित मत पाएका छन् ।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै सुबिआन्तोले जनताको हितमा काम गर्न कडा मिहिनेत गर्ने बताएका छन् । ‘जसले हामीलाई भोट दिनुभएन, उहाँहरुले हामीलाई एउटा मौका दिनु भएको छ,’ उनले भने, ‘हामी यस्तो राष्ट्रपति र उपराष्ट्रपति भएको साबित गर्छौं, जो इन्डोनेसियाका जनताको भलाइका लागि हरसम्भव कडा मिहिनेत गर्नेछ ।’

यद्यपि उनका दुबै प्रतिद्वन्द्वीले चुनावी नजितालाई चुनौती दिने बताएका छन् ।

इन्डोनेसियामा २०।५ करोड मतदाता छन्, यही १४ फेब्रुअरीमा भएको निर्वाचनमा ८० प्रतिशतले मतदान गरेका थिए । तर राष्ट्रपति चुनाव प्रचारका क्रममा उनले आफ्नो छवि सुधारका लागि सामाजिक सञ्जालमार्फत निकै मिहिनेत गरे । उनले प्रचारमा युवाहरुलाई आकर्षित गर्ने प्रयास गरे । उनले आगामी अक्टोबरमा वर्तमान राष्ट्रपति जोको विडोडोको स्थान लिनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका