जोडिनुहोस
  • होमपेज
  • टी २० राष्ट्रिय क्रिकेटको फाइनलमा आर्मी र मधेशले खेल्ने

टी २० राष्ट्रिय क्रिकेटको फाइनलमा आर्मी र मधेशले खेल्ने

मधेश प्रदेश पोखरामा चलिरहेको केपी ओली टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मधेशले सशस्त्र प्रहरीलाई ११ रनले हराउँदै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा बागमतीलाई हराउँदै आर्मी यसअघि नै फाइनलमा पुगेको थियो । दोस्रो सेमिफाइनलमा मधेश विरुद्ध १९८ रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ९ विकेट गुमाएर १८६ रन मात्र बनायो । एपीएफका लागि प्रदीप ऐरी र सन्दीप जोरा दुवैले अर्धशतक बनाए पनि टिमलाई जिताउन सकेनन् । प्रदीप ५५ रनमा आउट भए भने सन्दीपले ५४ रन बनाए । मधेशका विशाल पटेलले ३ तथा हरिशंकर साह र प्रदीप पासवानले समान २ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको मधेशले २० ओभरमा ६ विकेट गुमाउँदै १९७ रन बनाएको थियो । मधेशका लागि अनिल साहले ५७ तथा इमरान शेखले ५० रन बनाए । सशस्त्रका मौसम ढकालले ३ तथा अमर रौतेलाले २ र पुरन विकले १ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका