जोडिनुहोस
  • होमपेज
  • श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

सिरहा- श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका ३ चमारटोलस्थित सीमा ईलाकाबाट शनिबार एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले सोही जिल्लाको बरियारपट्टी गाउँपालिका २ श्रीपुर बस्ने ४२ वर्षिय महोमद फिरोजलाई उल्लेखित रुपैयाँसहित बिओपी बरियारपट्टीले नियन्त्रणमा लिएको हो ।

भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका फिरोजलाई गस्तीमा खटिएको सुरक्षा फौजले जाँच गर्दा उनको साथमा १ हजार दरको ४ सय ९६ वटा, ५ सय दरको ६ सय ३ वटा र १ सय दरको २५ वटा नेपाली नोट फेला पारेको हो ।

उनले सो रकम कहाँबाट कुन प्रयोजनको लागि लिएको भन्ने श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रुपैयाँ तथा साइकलसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका