जोडिनुहोस
  • होमपेज
  • ललितपुरको मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार निषेध

ललितपुरको मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार निषेध

ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार निषेध गर्ने भएको छ । २४ मंसिरदेखि फुटपाटमा राखेर सामान बिक्री गर्न नदिने ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए । फुटपाथ व्यवसायीहरुको अत्याधिक भीड भएका कारण हिँडडुलमै समस्या हुन थालेपछि सधैंका लागि फुटपाथ निषेध गर्न लागेको । ‘काठमाडौं महानगरपालिकाले फुटपाथ बन्द गरेपछि ३ सय भन्दा धेरै फुटपाथ व्यवसायी मंगलबजारबाट लगनखेलसम्म आएका छन् । पहिले ५०–६० वटा फुटपाथ व्यवसाय हुने ठाउँमा अहिले ३र४ सय पुगेको छ’, हाछेथुले अनलाइनखबरसँग भने ।

उनले मंगलबजारदेखि लगनखेलसम्म सटरमा व्यवसाय गर्ने व्यापारीहरुले आफ्नो पसल अगाडि मासिक २० हजारसम्म लिएर व्यापार गर्न दिएको पाइएको पनि बताए । ‘यहाँका व्यवसायीहरुले आफ्नो पसल अगाडि खाली सार्वजनिक ठाउँ नै किनबेच गरिरहेको पाइएको छ । यसलाई रोक्न पनि महानगरले यो कदम चाल्न बाध्य भएको हो’, हाछेथुले  भने ।

फुटपाथको कारण सर्वसाधारणलाई हिँड्न समेत नसक्ने स्थिति भएको भन्दै हाछेथुले थपे, ‘अहिले एम्बुलेन्स, दमकल समेत हिँड्न सक्दैन, मेला जस्तै हुने गरेको छ । त्यसपछि १२ नम्बर वडा र १९ नम्बर वडाले संयूक्त रुपमा मिलेर फुटपाथ निषेधित क्षेत्र बनाउन लागेका हौं ।’ ललितपुर महानगरपालिकाले मंगलबारदेखि माइकिङ र ब्यानर टाँसेर २४ गतेसम्म फुटपाथ व्यापार हटाउन आग्रह गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका