जोडिनुहोस
  • होमपेज
  • हल्दे–तिम्बु जोड्ने झोलुंगु पुल निर्माण अन्तिम चरणमा

हल्दे–तिम्बु जोड्ने झोलुंगु पुल निर्माण अन्तिम चरणमा

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ को हल्दे र तिम्बु जोड्ने झोलुंगे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । बाढीले त्यहाँको पुल बगाएपछि स्थानीय खासगरी विद्यार्थीहरूले निकै दुःख–कष्ट बेहोर्दै आएका छन् ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दुई महिनामै निर्माण सम्पन्न हुन लागेको जानकारी दिए । ‘इच्छाशक्ति भए नसकिने रहेनछ । दुवै भेगका मानिस, विद्यार्थीहरुका लागि असहज थियो। हेलम्बु वडा नम्बर १ हल्दे–तिम्बु जोड्ने झोलुंगे पुलको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ ।

बाढीले पुल बगाएपछि यो पुल निर्माणलाई छोटो समय ९दुई महिना० मा सम्पन्न गर्न अहोरात्र खट्नुहुने उपभोक्ता समिति, प्राविधिकलगायत सरोकारवाला सम्पूर्णमा हार्दिक धन्यवाद । पुल छिटै सञ्चालनमा आउने छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका