जोडिनुहोस
  • होमपेज
  • ठमेलका चोकचोकमा सीसीटीभी क्यामेरा जडान शुरु

ठमेलका चोकचोकमा सीसीटीभी क्यामेरा जडान शुरु

राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका चोकमा सीसीटीभी क्यामेरा जडान शुरु भएको छ । ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाण्डौ महानगरपालिका र काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ठमेलका प्रत्येक चोकमा सीसी क्यामेरा जडान शुरु भएको हो ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सीसी क्यामेरा जडान थालिएको बताउनुभयो ।

अध्यक्ष शर्माले ठमेलभित्रको लैनचौर मार्ग, क्षेत्रपाटी मार्ग, नर्सिङ चोक मार्ग, भगवती बहाल मार्ग, चाक्सीबारी मार्ग, सातघुम्ती मार्ग, जेपी लाइन मार्ग र पर्यटन मार्गभित्र ८० वटा सीसी क्यामेरा जडान गरिएको बताउनुभयो । चार ठूला क्यामेरासहित एक सय १२ वटा सीसी क्यामेरा जडान गर्नेगरी काम भइरहेको छ, अहिले ८० वटा क्यामेरा जडान गर्ने काम सम्पन्न भएको छ, अध्यक्ष शर्माले भन्नुभयो ।

ठमेल क्षेत्रभित्र सीसी क्यामेरा जडान गर्न यसअघि काठमाण्डौ महानगर प्रहरी, काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र ठमेल पर्यटन विकास परिषद्का प्रतिनिधिले ठमेल क्षेत्रभित्र आवश्यक पर्ने सीसी क्यामेराको अध्ययन गरेको थियो ।

परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रणका लागि सीसी क्यामेराले सहयोग पुग्ने बताउनुभयो । विसं २०४७ मा ठमेल क्षेत्रको विकासका लागि स्थापना भएको परिषदमा ठमेलभित्रका दुई हजारभन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध छन् । परिषद्ले ठमेल क्षेत्रको विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

यस्तै परिषद्ले ठमेलभित्रका प्रत्येक गल्लीलाई कालोपत्र गर्नका लागि सम्बन्धित निकायसँग पहलकदमी लिँदै आएको छ भने प्रत्येक बिजुलीका खम्बामा सडक बत्ती जडानको कामलाई समेत अगाडि सारेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका