जोडिनुहोस
  • होमपेज
  • संसद सचिवालयका कर्मचारीमाथि आफ्नै सहकर्मीले गरे हातपात

संसद सचिवालयका कर्मचारीमाथि आफ्नै सहकर्मीले गरे हातपात

संघीय संसद सचिवालयका एक कर्मचारीमाथि उनकै सहकर्मीले हातपात गरेका छन् । मंगलबार संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एक शाखा अधिकृतलाई झापड हानेको सचिवालय स्रोतले बताएको छ । उपसचिव गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाएको विषय बढ्दै जाँदा एक महिला शाखा अधिकृतलाई झापड हानेको स्रोतको भनाइ छ ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले उक्त घटना आफ्नो जानकारीमा रहेको प्रतिक्रिया दिए । यो विषयमा सभामुख देवराज घिमिरेले पनि दुवै कर्मचारीलाई बोलाएर छलफल गरेको स्रोतको दाबी छ ।

सचिवालयका एक अधिकारीका अनुसार बिहान ११ बजे ती शाखा अधिकृतको कार्यकक्षमा प्रवेश गरेका उपसचिव गैरेले ‘मैले गरेको काम बिगार्ने तैं होइनस्’ भन्दै झापड हानेका थिए । संसद सचिवालयकै स्वास्थ्य शाखामा स्वास्थ्य जाँच गर्दा कुटपिट पुष्टि भएको ती अधिकारीको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका