जोडिनुहोस
  • होमपेज
  • पश्तुन तहफुज आन्दोलनका प्रमुख मञ्जूर पश्तीन चमनबाट पक्राउ

पश्तुन तहफुज आन्दोलनका प्रमुख मञ्जूर पश्तीन चमनबाट पक्राउ

क्वेटा—पश्तुन तहफुज आन्दोलन (पीटीए) का प्रमुख मञ्जूर पश्तीनलाई चमनमा स्थानीय प्रहरीले गिरफ्तार गरेको छ । उनी चढेको गाडीबाट सशस्त्र व्यक्तिहरूले पुलिसको गाडीमा गोली चलाएको आरोपमा पक्राउ गरेको डेपुटी कमिश्नर राजा अथर अब्बासले बताएका छन् ।

यद्यपि, पीटीएम नेताहरूले कानून प्रवर्तन अधिकारीहरूले गोली चलाएको आरोप लगाएका छन् । पश्तुन समूहले यो घटनामा आफ्नो कुनै संलग्ना नभएको बताएका छन् ।

पश्तीनले धर्नाका सहभागीहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । उक्त घटना चमनबाट तुर्बात जाने क्रममा भएको थियो । ।

गोलाबारीपछि लेवी र प्रहरी तुरुन्तै घटनास्थलमा पुगेर पश्तीनलाई चमनको गुडामो क्षेत्रबाट पक्राउ गरेको अब्बासले बताए ।

गत वर्ष, अस्मा जहाँगीर सम्मेलनमा सेना विरोधी भाषण गरेपछि पश्तीनलाई पञ्जाब प्रहरीले देशद्रोह र आतंकवादको आरोपमा मुद्दा दायर गरेको थियो।

पश्तीनले सुरक्षा निकायले उनीमाथि आधारहीन आरोपहरू लगाएको बताउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका