जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख

राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । प्रवक्ता समिर आचार्यका अनुसार उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको हो ।

पौडेल वैशाख ६ गतेदेखि भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचाररत छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार एन्टिबायोटिक उपयोगका कारण उनमा शारीरिक रूपमा केही शिथिलता भएता पनि सामान्य हिँडडुल गर्ने अवस्थामा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका