जोडिनुहोस
  • होमपेज
  • अस्ट्रेलियाले आफ्नो देश आउने आप्रवासीको सङ्ख्या आधा घटाउने, विद्यार्थीका लागि अङ्ग्रेजीमा कडाइ

अस्ट्रेलियाले आफ्नो देश आउने आप्रवासीको सङ्ख्या आधा घटाउने, विद्यार्थीका लागि अङ्ग्रेजीमा कडाइ

अस्ट्रेलिया सरकारले आउँदो २ वर्षभित्र आफ्नो देश आउने विदेशी आप्रवासीको सङ्ख्या आधा घटाउने जनाएको छ । अस्ट्रेलियाले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको सङ्ख्या घटाएर अढाई लाख बनाउने लक्ष्य राखेको छ । यो सङ्ख्या कोभिड–१९ महामारीअघिको जस्तै छ ।

नयाँ योजनाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थी र न्यून सीप भएका कामदारलाई भिसामा त्यति सहज हुने छैन । गृहमन्त्री क्लेर ओ नीलले आज सोमवार पत्रकार सम्मेलन गर्दै सरकारको १० वर्षे आप्रवासन रणनीति सार्वजनिक गर्नुभयो ।

सन् २०२३ को जुन महिनामा विदेशबाट ५ लाख १० हजार मानिस अस्ट्रेलिया पुगेका छन् । यो अहिलेसम्मकै सर्वाधिक सङ्ख्या हो । तर गृहमन्त्रीले आफ्नो सरकारले आप्रवासीको सङ्ख्या नियन्त्रण गर्ने र देशमा भित्रिने मानिसको सङ्ख्या वार्षिक ५० प्रतिशतले घटाउने बताएका बीबीसीले जनाएको छ । यो रणनीतिअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भाषिक सीपको आवश्यकता पनि परिमार्जन गरिएको छ । अब विद्यार्थीले दिनुपर्ने अङ्ग्रेजी भाषाको परीक्षामा कडाइ हुनेछ । दोस्रो भिसा आवेदन दिनेहरूका हकमा थप समीक्षा हुने भएको छ । त्यस क्रममा विद्यार्थीले आफूले गर्न खोजेको थप अध्ययनको प्राज्ञिक उद्देश्य वा करिअरलाई अगाडि बढाउने कुरा प्रमाणित गर्न सक्नुपर्नेछ ।

विवरणअनुसार अहिले अस्ट्रेलियामा साढे ६ लाख विदेशी विद्यार्थी छन् । तीमध्ये धेरैजसोले दोस्रो पटक भिसा लिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका