जोडिनुहोस
शुक्रबार, फाल्गुन १८, २०८०
शुक्रबार, फाल्गुन १८, २०८०
  • होमपेज
  • शेयर बजार सामान्य बढ्यो, ३ अर्ब ९० करोड रुपैयाँको कारोबार

शेयर बजार सामान्य बढ्यो, ३ अर्ब ९० करोड रुपैयाँको कारोबार

शेयर बजार आज बुधवार सामान्य बढेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६० अङ्कले बढेर १ हजार ९ सय ८८ दशमलव ०४ विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटन, बीमा र व्यापारबाहेक अरू समूहको शेयर बढेकोमा विकास बैंक, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज बोटलर्स नेपालको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कुथेरी बुखारी हाइड्रोपावरको शेयर भने साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज १ करोड २० लाख कित्ता शेयर ३ अर्ब ९० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १४ करोड ६७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका