जोडिनुहोस
  • होमपेज
  • भारतको लोकसभामा अध्यक्षको आसनतिर दुई दर्शक कुदे

भारतको लोकसभामा अध्यक्षको आसनतिर दुई दर्शक कुदे

भारतको लोकसभा बैठकमा दर्शकदीर्घाबाट दुई जना व्यक्ति अध्यक्षको आसनतिर कुदेका छन् । बैठक चलिरहेका बेला एक जना व्यक्ति हातमा केही बोकेर सांसदहरुको आसन हुँदै अध्यक्षको आसनतिर अघि बढेको भिडियोमा देखिन्छ ।

अघि बढेका ती व्यक्तिलाई सांसदहरुले समाउने प्रयास गरेको पनि भिडियोमा देखिन्छ । लोकसभा अध्यक्ष ओम बिरलाका अनुसार ती व्यक्तिले हातमा धुवाँ निकाल्ने सामान बोकेका थिए ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २ जनालाई पक्रेको छ । उनीहरुका बारेमा अनुसन्धान गर्न प्रहरीलाई दिल्ली प्रहरीलाई निर्देशन दिएको अध्यक्ष बिरलाले बताए ।

बैठकमा सहभागी सांसद राजेन्द्र अग्रवालका अनुसार दर्शकदीर्घाबाट एक जना व्यक्ति सांसदहरुको आसनमा झरेका थिए । सांसदहरूले उनी दुर्घटनाबस लडेको अनुमान गरे पनि अर्का व्यक्ति पनि रेलिङ समातेर तल झरिरहेका थिए । पछि दुवै जना अध्यक्षको आसनतिर अघि बढेको देखिएको अग्रवालले बताए । त्यतिबेला संसदमा शून्य समय चलिरहेको थियो ।

जस मध्ये एक जनाले जुत्ताबाट केही समान निकालेर हलमा धुँवा फैलाएका थिए । त्यतिबेला उनीहरुले बोकेका साधनबाट चिट चिट आवाज आएको थियो । सन् २००१ मा आजकै दिन भारतको संसदमा आतंककारी आक्रमण भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका