जोडिनुहोस
  • होमपेज
  • विवाह पञ्चमी आज, मधेसमा सार्वजनिक बिदा

विवाह पञ्चमी आज, मधेसमा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आइतबार राम र सीताको पूजा आराधनासहित मनाइँदै छ । विशेष गरी जनकपुरधाममा यो पर्व धुमधामका साथ मनाइन्छ । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा यो पर्व मनाउन लागिएको हो ।

महोत्सवको मुख्य दिन आज मध्याह्नपछि जनकपुरधामको विशाल रंगभूमि मैदानमा स्वयम्बर समारोह आयोजन हुँदैछ । रामसीताको स्वयम्बरपछि आजै राति जानकी मन्दिर परिसरभित्रको विवाहमण्डपमा राम–सीता, भरत–माण्डवी, लक्ष्मण–उर्मिला र शत्रुघ्न–श्रुतिकीर्तिको विवाह विधि सम्पन्न गरिने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए ।

रामजानकी विवाह पञ्चमी महोत्सवमा छिमेकी देश भारतबाट हजारौँ भक्तजन जनकपुर आइपुगेका छन् । विवाहपञ्चमीलाई नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रूपमा पनि लिइन्छ । विवाहोत्सवमा रामजानकी विवाहपञ्चमी महोत्सव, धनुष यज्ञ, तिलकोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत रुपमा विवाहपञ्चमी महोत्सव समापन गरिन्छ ।

विवाहोत्सवलाई यस वर्ष अन्नको आकृति बनाएर विशेष रूपमा मनाउन लागिएको छ । जनकपुरधाममा पहिलो पटक अन्नबाट ११ हजार ११ वर्ग फिटको रामजानकीको प्रतिमा तयार पारिएको छ । मधेस प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका