जोडिनुहोस
  • होमपेज
  • दुई जनाको मृत्युपछि आक्रोशित स्थानीयद्वारा बसमा आगजनी

दुई जनाको मृत्युपछि आक्रोशित स्थानीयद्वारा बसमा आगजनी

सिन्धुली । बीपी राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीय तथा यात्रुहरुले बसमा आगजनी गरेका छन् ।

दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन् । अहिले सडक अवरुद्ध हुँदा काठमाडौं आवतजावत गर्ने सवारी साधनको लामो लाइन लागेको छ ।

सुनकोसी गाउँपालिका – ३ बोहोरेटारमा सोमबार बिहान भएको दुर्घटनामा परी मोटरसाइकल चालक खोटाङ तुवाचुङ नपा-२ का २० वर्षीय सुशन राई र पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका – १० की १८ वर्षीय मुनाकला राईको मृत्यु भएको हो ।

रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ४५९३ नम्बरको अरनिको यातायातको यात्रुबाहक बस र विपरीत दिशाबाट आएको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्थानीय एवं अन्य सवारीका यात्रुहरुले बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै हदैसम्मको कारबाहीको माग गर्दै सडक अवरुद्ध पारेका हुन् । बस चालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घटनास्थल पुगेका सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले स्थिति नियन्त्रणमा लिएर सडक अवरोध खुलाउने प्रयास भइरहेको जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका