जोडिनुहोस
  • होमपेज
  • अवरुद्ध बीपी राजमार्ग सञ्चालन

अवरुद्ध बीपी राजमार्ग सञ्चालन

सिन्धुलीको सुनकोसी गाउँपालिकामा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेकाले अवरुद्ध बनेको बीपी राजमार्ग अपराह्न १ बजेदेखि सञ्चालनमा आएको छ  मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बीपी राजमार्ग अवरुद्ध भएको थियो । आज बिहान रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौँबाट खुर्कोट जाँदै गरेको बा६०प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका– १० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनास्थलमै मृत्यु भएको थियो । त्यसैगरी सो मोटरसाइकल चालक खोटाङ जिल्ला तुवाचुङ नगरपालिका–२ का कुमार राईको पनि उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका