जोडिनुहोस
  • होमपेज
  • रिमोट क्रन्टोलवाट बम बिष्फोट गराउँदा पाकिस्तानमा चारको मृत्यु

रिमोट क्रन्टोलवाट बम बिष्फोट गराउँदा पाकिस्तानमा चारको मृत्यु

इस्लामवाद। पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा भएको बम बिस्फोटमा परी चार जनाको मृत्यु भएको छ ।

बलुचिस्तानको प्रान्तीय राजधानी कवेटामा सुरक्षाकर्मीको गाडीमा लक्षित गरी गराइएको सो विस्फोटमा परी दर्जनौ घाइते भएका छन् ।

पाकिस्तानी सञ्चारमाध्यमले जनाए अनुसार तैनाथीमा रहेको प्रहरी भ्यान नजिकै रहेको मोटरसाइकलमा बम राखिएको र सो बमलाई रिमोट कन्ट्रोलमार्फत विस्फोट गराउँदा चार जनाको मृत्यु हुनुका साथै दर्जनौ घाइते हुन पुगेका हुन । सुरक्षा अधिकारीका अनुसार घाइते मध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको छ ।

सो बम बिष्फोट पछि घटनास्थल सुरक्षा घेरा राखेर थप अनुसन्धान अघि जारी राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका