जोडिनुहोस
  • होमपेज
  • नारायणगढदेखि बुटवलसम्म रास्वपाको पैदल यात्रा सुरु

नारायणगढदेखि बुटवलसम्म रास्वपाको पैदल यात्रा सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको ढिलाइलाई लक्षित गर्दै सभापति रवि लामिछानेको नेतृत्वमा नारायणगढदेखि बुटवलसम्म पैदल यात्रा सुरु गरेको छ ।

पदयात्रा चितवनको नारायणगढ पुल्चोकबाट सोमबारदेखि सुरु भएको हो । नारायणगढदेखि बुटवलसम्म ११३ किलोमिटर दुरीको पैदलयात्रा तीन दिनमा सक्ने रास्वपाले जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्राको क्रममा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु यात्राको मुख्य उद्देश्य रहेको सभापति लामिछानेले बताएका छन् ।

यात्रामा पार्टी सभापति लामिछानेसहित, पार्टीका नेता, सांसद, कार्यकर्ता सहभागी छन । दबाब यात्रामा सहभागी हुनेहरुलाई पार्टीको झण्डा, लोगो, टि–सर्ट लगायतका कुनै पनि सामग्री प्रयोग नगर्न र शुभेच्छुक तथा शुभचिन्तकहरूलाई यात्राको क्रममा भीडभाड नगरिदिन सभापति लामिछानेले आग्रह गरे । यस्तै उनले आफू सदस्य नै नभएको सहकारीबाट १ करोड ऋण लिएको भनेर गलत प्रचार गरिएको भन्दै आफूले ऋण लिएको प्रमाण दिन चुनौती दिए ।

सभापति लामिछानेले आफूमाथि निरन्तर प्रहार भइरहेको समेत बताए । पोखरामा आफूमाथि भएको मकैको खोया प्रहार वेल प्लान्ड जस्तो देखिएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका