जोडिनुहोस
  • होमपेज
  • राष्ट्रियसभा राजनीतिक मिटरब्याज खाने ठाउँ होइन नयाँलाई अवसर दिनुपर्छ  रञ्जित तामाङ

राष्ट्रियसभा राजनीतिक मिटरब्याज खाने ठाउँ होइन नयाँलाई अवसर दिनुपर्छ  रञ्जित तामाङ

अखिल क्रान्तिकारीको पूर्वअध्यक्ष एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नयाँलाई अवसर दिन आग्रह गरेका छन् । सोमबार  उनले पटक–पटक मन्त्री भइसकेका, अवसर पाइसेकाहरूलाई फेरि पठाउन नहुनेमा उनले जोड दिएका छन् ।

‘राष्ट्रियसभालाई जागिर खाने, नेता व्यवस्थापन गर्ने ठाउँ बनाउनु हुँदैन । त्यो हामीलाई अमान्य छ । पार्टीले नयाँ मानिसलाई पठाउनुपर्छ । पार्टीमा योगदान गरेका तर अवसर नपाएका मध्येबाट कसैलाई पठाउँदा राम्रो हुन्छ’, उनले भने, ‘उम्मेदवार छान्दा आजको राजनीतिक घटनाक्रम, पार्टीको विचार, एजेण्डा, मुद्दालाई राष्ट्रियसभामा बलियोसँग उठाउन सक्नेलाई पठाउनुपर्छ । राजनीतिक मिटरब्याजको अन्त्य गर्नुपर्छ ।’

आगामी फागुन २० गते माओवादीबाट कोशी प्रदेशमा एक र सुदूरपश्चिममा दुई सिट रिक्त हुँदैछ । तर माओवादीबाट नै पूर्वमन्त्री, पूर्वसांसद, चुनावमा पराजितहरूले नै उम्मेदवारमा अकांक्षी देखाएपछि तामाङले नयाँलाई अवसर दिन नेतृत्वसँग आग्रह गरेका हुन् । माओवादीभित्र उनीमात्र नभइ नयाँलाई अवसर दिनुपर्नेमा मत बलियो बन्दै गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका