जोडिनुहोस
  • होमपेज
  • आज २०८० साल फागुन २ गते बुधबारको राशिफल

आज २०८० साल फागुन २ गते बुधबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। श्रीपञ्ची परेकाले सरस्वतीको पूजा गर्नाले शिक्षामा झुकाव रहने छ। सामाजिक सम्मान प्राप्त हुनेछ। परिवारमा शान्ति मिल्नेछ। व्यवसायमा फाइदा हुनेछ।

वृषः व्यापारमा लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक सेवाको क्षेत्रमा सम्मान मिल्नेछ। परिवारसँगको सहयात्रा रमाइलो बन्नेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ।

मिथुनः शिक्षा क्षेत्रको लगानीबाट नाम र दाम प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उत्साह मिल्नेछ। परिवारमा भने विश्वासको खडेरी पर्नेछ।

कर्कटः झुटा आरोप लाग्नसक्छ। विरोधका आवाज लगातार सुन्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा बढी माया देखाउनाले धोखा हुनसक्छ। प्रेम सम्बन्धमा खटपट हुनसक्छ।

सिंहः आज उत्तरको यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगरे जटिल स्वास्थ्य समस्या देखिनसक्छ। परिवारमा धेरै नबोल्नु फाइदा हुनेछ।

कन्याः दैनिकी राम्रो छ। गुरुबाट असहयोग रहे पनि कर्मको फल भने न्यायपूर्वक प्राप्त हुनेछ। विद्यामा उन्नति हुनेछ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्ध सहज देखिन्छ।

तुलाः सन्तानको तर्फबाट खुशी मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। परिवारको साथ रहनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध दरिलो बन्नेछ।

वृश्चिकः धेरै मानिससँगको असन्तुष्टिमै दिन जानेछ। सञ्चित धन खर्च हुनेछ। दाजु, बन्धु र परिवारबाट साथ र सहयोग रहनेछ। आफन्तसँग भेट हुनेछ। व्यापार र लगानीमा हात नहाल्नु राम्रो हुन्छ।

धनुः दिन राम्रो छ। नयाँ ठाउँको यात्रा रमाइलो बन्नेछ। खर्च बढ्ने योग रहेको छ। मित्रबाट सहयोग मिल्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा लाभ प्राप्त गर्ने दिन छ।

मकरः तपाईंलाई प्रहार गर्ने साथीबाट जोगिनु पर्नेछ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः नराम्रो बोलेकै कारण साथी टाढिन सक्ने योग छ। लगानी भए शिक्षामा सफलता, स्वास्थ्यमा लाभ मिल्नेछ। व्यापारमा आम्दानी हुनेछ। परिवारमा भने मनमुटाव बढ्ने देखिन्छ।

मीनः चन्द्रमा दाहिना छन्। परिवारबाट सुख प्राप्त हुनेछ। समाजमा प्रखर वक्ता बन्ने अवसर देखिन्छ। आर्थिक उन्नति हुनेछ। वैदेशिक क्षेत्रको लागनीबाट फाइदा हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका