जोडिनुहोस
  • होमपेज
  • अजरबैजान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

अजरबैजान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

अजरबैजान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ घर भएका हाल बुढानीलकण्ठ बस्ने २० वर्षीय हरी कुमार दाहाल रहेका छन् । दाहालले खेम बहादुर डाँगीलाई वैदेशिक रोजगारीको लागि अजरबैजान पठाइदिन्छु त्यसको लागि छ लाख ५० हजार रुपैयाँ लाग्छ, अजरबैजान पुगेपछि होटलमा काम लगाइदिन्छु जहाँ मासिक ७५ हजार कमाइ हुन्छ भनी प्रलोभनमा पारी छ लाख ७७ हजार रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले बुधबार बुढानीलकण्ठ पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका