जोडिनुहोस
  • होमपेज
  • बालकुमारी घटनाको छानविन गर्न डीआइजीको नेतृत्वको समिति गठन

बालकुमारी घटनाको छानविन गर्न डीआइजीको नेतृत्वको समिति गठन

लतिलपुरमा भएको प्रदर्शनका क्रममा दुई जनताको ज्यान जाने गरी भएको घटनाको छानविन गर्न सरकारले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । गृह मन्त्रालयले भर्खरै गठन गरेको छानविन समितिमा उपत्यका प्रहरी कार्यालयका डीआइजी लालमणि आचार्य संयोजक छन् । सदस्यमा ललितपुर जिल्ला प्रशासन कार्यलयका सहायक सीडीओ अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक बासु सिग्देल रहेको गृहमन्त्रालय स्रोतले खबरहबलाई बतायो ।

उक्त्र घटनामा प्रहरीले अश्रुग्यास प्रहार र लाठी चार्ज गरेको थियो । प्रहरीको गोली लागेको भनिएका दुई जनाको मृत्यु शंकास्पद देखिएपछि मन्त्रालयले छानविन समिति गठन गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका