जोडिनुहोस
  • होमपेज
  • नेपालगञ्जमा अपाङ्गता भएकालाई विद्युतीय रिक्सा

नेपालगञ्जमा अपाङ्गता भएकालाई विद्युतीय रिक्सा

काठमाडौं । नेपालगञ्जमा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय रिक्सा हस्तान्तरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र गौरव स्मृति फाउण्डेशनका संरक्षक मधु शाहले नेपालगञ्ज–५ गणेशपुरका अपाङ्गता राजु खानलाई ई–रिक्सा प्रदान गरेका थिए ।

फाउण्डेशनकी अध्यक्ष मधु शाहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा रक्तदान पनि गरिएको थियो । त्यस अवसरमा विद्यार्थी, कर्मचारी, पत्रकार, समाजसेवी, स्वयंसेवी महिला तथा पुरुष गरी एक सय १३ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रक्तदान गर्ने रक्तदाता समाज बाँकेका सल्लाहकार तथा स्वयम्सेवी रक्तदाता पवन जायसवाललाई पनि सम्मान गरिएको थियो ।

स्वर्ण पदक विजेताको सम्मान

भारतको हैदराबादमा भएको १० औँ वल्र्ड स्ट्रेन्थलिफ्टिङ विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल नेपालगञ्ज निवासी प्रतीक श्रेष्ठसहितका खेलाडीलाई सम्मान गरिएको छ ।

बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ सङ्घ, लाइफलाइन अस्पताल र गणपति डेन्टलको आयोजनामा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख विष्ट, लाइफलाइन अस्पतालका अध्यक्ष अशोक श्रेष्ठ र डा पारस श्रेष्ठले खेलाडीलाई सम्मान गरेका हुन् ।बाट प्रत्यक्ष।।।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका