जोडिनुहोस
  • होमपेज
  • कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ ।बैठक दिउँसो १ बजेदेखि सुरु हुने कांग्रेस सचिवालयले जानकारी दिएको छ ।

बैठकको मुख्य एजेन्डा महासमिति बैठकको तयारी रहेको छ । मंसिर १३ देखि १५ सम्म महासमिति बैठक बोलाइएको छ ।

यसका साथै बैठकमा पोलिसी ह्याकाथन, बीपी साहित्य महोत्सव, साउन २० देखि ३० सम्मको संगठन सुदृढीकरणको समीक्षाका साथै समसामयिक विषयमा छलफल हुने नेताहरूले जनाएका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकअघि बिहान पदाधिकारीको बैठक बस्दैछ । एजेन्डाबारे थप छलफलका लागि पदाधिकारी बैठक बसेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका