जोडिनुहोस
  • होमपेज
  • नेपाल भारत संयुक्त आयोगको बैठक सम्पन्न,चारवटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर

नेपाल भारत संयुक्त आयोगको बैठक सम्पन्न,चारवटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक बिहीबार काठमाडौंको होटल याक एण्ड यतीमा सम्पन्न भएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतका विदेशमन्त्री एस जयशंकरले गरेका थिए ।

बैठकमा नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयामहरूमा छलफल गरिएको थियो । नेपाल–भारतबीचको आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति, राजनीतिकलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल–भारत संयुक्त आयोगको बैठक सकिएपछि दुई देशबीच चार वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । दुई देशका विदेशमन्त्रीको उपस्थितिमा सम्बन्धित अधिकारीले सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

बिहीबार नेपाल र भारतबीच भएका सम्झौता तथा समझदारी पत्रमा १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्नेसम्बन्धी विद्युत् सम्झौता, सामुदायिक विकास परियोजनामा सहयोग गर्नेसम्बन्धी सम्झौता, नेपालले बनाएको स्याटलाइट भारतले प्रक्षेपण गर्नेसम्बन्धी सम्झौता र नविकरणीय उर्जाको विकासमा सहयोग गर्नेसम्बन्धी समझदारीपत्र रहेका छन् ।

बिहीबार नै बैठक सकिएपछि दुई विदेशमन्त्रीले नेपाल र भारत जोड्ने १३२ केबी पावर क्षमताका तीन वटा विद्युत् प्रसारण लाइनका स्वीच् थिची उद्घाटन गरेका थिए । ती प्रसारण लाइनमा रक्सौल–परवानीपुर, कुशहा कटैया र नौतनुवा– मैनिया विद्युत् प्रसारण लाइन छन् ।

भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पूननिर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली अनुदान सहयोग गर्ने सहमति भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका