जोडिनुहोस
  • होमपेज
  • दिल्लीसँग हार्दै पन्जाब प्रतियोगिताबाट बाहिरियो

दिल्लीसँग हार्दै पन्जाब प्रतियोगिताबाट बाहिरियो

काठमाडौं । दिल्ली क्यापिटल्ससँग पराजित हुँदै पन्जाब किंग्स भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपीएल)को समूह चरणबाट नै बाहिरिएको छ ।

धर्मशालामा रहेको एचपीसीए मैदानमा दिल्ली १५ रनले विजयी भएको हो ।दिल्लीले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९८ रन मात्र बनायो ।

पन्जाबका लागि लियम लिविङ्स्टोन र अर्थव ताईटेले अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित सम्म पुर्याउन भने सकेनन् ।

लिविङ्स्टोनले ४८ बलमा ५ चौका र ९ छक्काको सहयोगमा ९४ रनको विष्फोटक ईनिङ्स खेले । ताईडे ४२ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५५ रन बनाउदै रिटार्यड हर्ड आउट भए ।

सुरुआत राम्रो हुन नसकेको पन्जाबका लागि शुन्य रनमा नै दोस्रो ओभरमा कप्तान शिखर धवन आउट भएका थिए । दोस्रो विकेटका लागि ओपनर प्रभसिमरन सिंह र ताईडेले ३३ बलमा ५० रनको साझेदारी गरि पन्जाबलाई खेलमा पर्काउने कोसिस गरेका थिए ।

सिंह १९ बलमा ४ चौकाको सहयोगमा २२ रन बनाउँदै आउट भए पछि सो साझेदारी तोडिएको थियो । चौथो विकेटका लागि ताईडे र लियमले ५० बलमा ७८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

साम करनले ५ बलमा ११ रन बनाउँदा पन्जाबका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

दिल्लीका लागि एनरिच नोर्किया र इशान्त शर्माले समान २/२ तथा खलिल अहमद र अक्षर पटेलले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १३ रन बनायो ।

दिल्लीका लागि राइली रोसोउ र पृथ्वी शाले अर्धशतकीय ईनिङ्स खेले । रोसोउले ३७ बलमा ६ चौका र ६ छक्कासहित अविजित ८२ रनमा बनाए ।

दिल्लीका लागि उत्कृष्ट सुरुआत दिने क्रममा ओपनरद्वय पृथ्वी शा र डेविड वार्नरले पहिलो विकेटका लागि ६२ बलमा ९४ रनको साझेदारी गरेका थिए । साम करनको बलमा शिखर धवनबाट क्याच आउट हुनु अघि वार्नरले ३१ बलमा ५ चौका र २ छक्का सहयोगमा ४६ रन बनाएका थिए ।

पृथ्वी प्लेअफ दौडबाट बाहिरि सकेको दिल्लीलाई शालाई आजको खेलमा मौका दिएको थियो । शा ३८ बलमा ७ चौका र १ छक्कासहित ५४ रनमा आउट भए । दोस्रो विकेटका लागि रोसोउ र शाको बीचमा २८ बलमा ५४ रनको महत्वपूर्ण साझेदारी भएको थियो ।

तेस्रो विकेटका लागि फिलिप साल्ट र रोसोउले ३० बलमा अविजित ६५ रनको साझेदारी गरेका थिए । साल्ट १४ बलमा २ चौका र २ छक्काको सहयोगमा २६ रनमा अविजित रहेका थिए ।

पन्जाबका साम करनले २ विकेट लिए । अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् । दिल्लीले अन्तिम १२ बलमा ४१ रन जोडेको थियो ।

जितसँगै प्लेअफ दौडबाट बाहिरिसकेको दिल्ली १३ खेलबाट १० अंकका साथ नवौं स्थानमा रहेको छ ।

हारसँगै प्लेअफ सम्भावना समाप्त भएको पन्जाब १३ खेलबाछ १२ अंकका साथ आठौ स्थानमा झरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका